समाचार
संक्षिप्त परिचय
कोशि अन्चल, तेह्रथुम जिल्लाको पश्चिममा अवस्थित संखुवासभा र धनकुटा जिल्लाको संगम स्थलमा रहेको प्राकृतिक तथा भौगोलिक अवस्थितिको दृष्टिले अति रमणीय पर्यटकीय स्थलको रुपमा परिचित साविकका बसन्तपुर, फुलेक, सोल्मा, सुङ्गनाम र दांगपा गा.वि.स. मिलाई नेपाल सरकारकोबाट मिति २०७२ असोज १ गते घोषणा भए अनुसार यस लालीगुरांस नगरपालिकाको सञ्चालन र व्यवस्थित गरिएको छ । यो नगरपालिका मध्य पहाडी लोक मार्ग र कोशि राजमार्गको संगम स्थल हुनुका साथै नेपाल सरकारबाट घोषित मध्य पहाडी लोक मार्ग अन्तरर्गतका १० वटा नयां शहर मध्येको एक शहर हो तथा संखुवासभा, ताप्लेजुङ्ग, तेह्रथुम जिल्लाको तराई संगको प्रवेशद्धार हो ।
यस नगरपालिकाको भौगोलिक अवस्थित, नामाकरण तल उल्लेख गरिएको छ ।
नगरको नामाकरण यस नगरपालिकामा समाहित भएका पांच वटा गा.वि.स.हरुको उत्तर पश्चिम तर्फका डांडामा फाल्गुण चैत्र महिनामा फुल्ने लालिगुरांस तथा तीनजुरे, मिल्के र जलजलेलाई लालीगुरांसको राजधानी तोकी संरक्षण भई आएको हुंदा सोही अनुरुप नगरपालिकाको नामाकरण भएको ।
नगरपालिका संग सम्बन्धित तथ्यांकहरु
क्षेत्रफल : ९०.२७ वर्ग कि.मि
जम्मा वडा : ९
जनसंख्या : १७८५८
घरधुरी : ३४४६
साक्षरता : ७०.७ %
अक्षांश: २७ं ०४’ ३३” देखी २७ं १०’ ५९” उत्तरसम्म देशान्तर ः ८७ं २३’ ४४” देखी ८७ं ३०’ ५९”
हावापानी: शुष्क तथा उष्ण, आद्र्र तथा समशितोष्ण र आद्र्र तथा शीत ।
तापक्रम : १०ं देखि ३०ं सम्म