FAQs Complain Problems

समाचार

लालीगुराँस नगरपालिकामा यहाँलाई स्वागत छ

लालीगुराँस नगरपालिकाको परिचय

१.१ भौगोलिक अवस्थिति

लालीगुराँस नगरपालिका नेपालको पूर्व क्षेत्र तथा कोशी प्रदेश अन्तरगत तेह्रथुम जिल्लाको पश्चिम क्षेत्रमा पर्दछ । यस नगरपालिका २७००४’३३” देखि २७०११’०२” उत्तरी अक्षांश र ८७०२३’४१” देखि ८७०३०’५९” पूर्वी देशान्तर सम्म फैलिएको छ । क्षेत्रफलको हिसावले यस नगरपालिका ९०.२७ वर्ग किलोमिटर ओगटेको छ । यो नगरपालिका लगभग पूर्व पश्चिम १२.०४ किलोमिटर र उत्तर दक्षिण १२.०६ किलोमिटर रहेको देखिन्छ । यो नगरपालिका समुन्द्र सतह देखि ५६०–३०६५ मिटर सम्मको उचाईमा रहेको छ ।
यो नगरपालिकाको पूर्व सिमाना पिङगुवा खोलाले छुट्टयाएको छ भने पश्चिम सिमाना धनकुटा जिल्लाको पानी ढलो डाँडाले छुट्टयाएको छ । त्यस्तै उत्तरी सिमाना सङ्खुवासभा–तेह्रथुमको सानो खोच तथा पानी ढलो डाँडाले छुट्टयाएको छ । यसरी यस नगरपालिकाको पूर्व तर्फ म्याङ्लुङ् नगरपालिका, पश्चिम तर्फ धनकुटा संखुवासभा जिल्ला, उत्तर तर्फ संखुवासभा जिल्ला र दक्षिणतर्फ छथर गाउँपालिका पर्दछन् । यस नगरपालिका ९ वटा वडामा विभाजित छन् । यस क्षेत्रको हावापानीमा विविधता पाईएको छ । जसमा उचाई अनुसार उपोष्ण मौसम जलवायु, न्यानो समशितोष्ण जलवायु र ठण्डा समशितोष्ण जलवायु पाइन्छ ।

१.२ वडागत सिमाना

पूर्वमा ७ नं. वडा, उत्तरमा र पश्चिममा संखुवासभा जिल्ला, दक्षिणमा २ नं. वडा ।
उत्तरमा १ वडा, दक्षिणमा ३ नं. वडा, पूर्वमा ७ नं. वडा, पश्चिमा संखुवासभा र धनकुटा जिल्ला ।
उत्तरमा २ नं.वडा, दक्षिणमा ५ नं. वडा, पूर्वमा ६ नं. वडा, पश्चिमा २ नं. र ४ नं. वडा ।
उत्तरमा धनकुटा जिल्ला, र २ नं. वडा, दक्षिणमा धनकुटा जिल्ला र ५ नं. वडा, पूर्वमा ३ नं. वडा र ५ नं. वडा, पश्चिमा धनकुटा जिल्ला ।
उत्तरमा ३ नं. वडा, ५ नं.वडा, र ६ नं. वडा, दक्षिणमा छथर गाँउपालिका नं.१, पूर्वमा छथर गाँउपालिका ६ नं. वडा, पश्चिमा ४ नं. वडा ।
उत्तरमा ७ नं.वडा, दक्षिणमा ५ नं. वडा र छथर गाँउपालिका ६ नं., ५ नं. वडा, पूर्वमा ८ नं. वडा, पश्चिमा ३ नं. वडा ।
उत्तरमा सखुवासभा जिल्ला, दक्षिणमा ६ नं. वडा, पूर्वमा ९ नं. वडा, पश्चिमा १,२,र ३ नं. वडा ।
उत्तरमा ९ नं. वडा, दक्षिणमा म्याङलुङ नगरपालिका २ र १ नं. वडा, पूर्वमा म्याङलुङ नगरपालिका ३ र ४ नं. वडा, पश्चिमा ६ नं. वडा ।
उत्तरमा म्याङलुङ नगरपालिका ६ नं. वडा, दक्षिणमा ८ र ६ नं. वडा, पूर्वमा म्याङलुङ नगरपालिका ५ नं. वडा, पश्चिमा ७ नं. वडा ।