FAQs Complain Problems

समाचार

बसन्तपुर बजार

Read More

लालीगुराँस नगरपालिका क्षेत्रमा गुृराँस फुल्दा

Read More

लालीगुराँस नगरपालिकामा हिउँ पर्दा

Read More

बसन्तपुर स्थित चो?लुङ पार्क तथा युमा संग्रहालय

Read More

लसुने बजार

Read More

आर.आर. गार्डेन

Read More

लालीगुराँस नगरपालिकामा यहाँलाई स्वागत छ

कोशी प्रदेश, तेह्रथुम जिल्लाको पश्चिममा अवस्थित संखुवासभा र धनकुटा जिल्लाको संगम स्थलमा रहेको प्राकृतिक तथा भौगोलिक अवस्थितिको दृष्टिले अति रमणीय पर्यटकीय स्थलको रुपमा परिचित साविकका बसन्तपुर, फुलेक, सोल्मा, सुङ्गनाम र दांगपा गा.वि.स. मिलाई नेपाल सरकारबाट मिति २०७२ असोज १ गते घोषणा भए अनुसार यस लालीगुराँस नगरपालिकाको सञ्चालन र व्यवस्थित गरिएको छ । यो नगरपालिका मध्य पहाडी लोक मार्ग र कोशी राजमार्गको संगम स्थल हुनुका साथै नेपाल सरकारबाट घोषित मध्य पहाडी लोक मार्ग अन्तरर्गतका १० वटा नयां शहर मध्येको एक शहर हो तथा संखुवासभा, ताप्लेजुङ्ग, तेह्रथुम जिल्लाको तराई संगको प्रवेशद्धार हो । लालीगुराँस नगरपालिका नेपालको पूर्व क्षेत्र तथा कोशी प्रदेश अन्तरगत तेह्रथुम जिल्लाको पश्चिम क्षेत्रमा पर्दछ । यस नगरपालिका २७००४’३३” देखि २७०११’०२” उत्तरी अक्षांश र ८७०२३’४१” देखि ८७०३०’५९” पूर्वी देशान्तर सम्म फैलिएको छ ।क्षेत्रफलको हिसावले यस नगरपालिका ९०.२७ वर्ग किलोमिटर ओगटेको छ । यो नगरपालिका लगभग पूर्व पश्चिम १२.०४ किलोमिटर र उत्तर दक्षिण १२.०६ किलोमिटर रहेको देखिन्छ । यो नगरपालिका समुन्द्र सतह देखि ५६०–३०६५ मिटर सम्मको उचाईमा रहेको छ ।
यो नगरपालिकाको पूर्व सिमाना पिङगुवा खोलाले छुट्टयाएको छ भने पश्चिम सिमाना धनकुटा जिल्लाको पानी ढलो डाँडाले छुट्टयाएको छ । त्यस्तै उत्तरी सिमाना सङ्खुवासभा–तेह्रथुमको सानो खोच तथा पानी ढलो डाँडाले छुट्टयाएको छ । यसरी यस नगरपालिकाको पूर्व तर्फ म्याङ्लुङ् नगरपालिका, पश्चिम तर्फ धनकुटा संखुवासभा जिल्ला, उत्तर तर्फ संखुवासभा जिल्ला र दक्षिणतर्फ छथर गाउँपालिका पर्दछन् । यस नगरपालिका ९ वटा वडामा विभाजित छन् । यस क्षेत्रको हावापानीमा विविधता पाईएको छ । जसमा उचाई अनुसार उपोष्ण मौसम जलवायु, न्यानो समशितोष्ण जलवायु र ठण्डा समशितोष्ण जलवायु पाइन्छ ।

जन प्रतिनिधि

अर्जुन माबाेहाङ
नगर प्रमुख
९८५२०५३०५६
arjunbabumabuhang@gmail.com
जमुना मगर कार्की
उप– प्रमुख
९८६२६५५७४२
.

पदाधिकारी

सन्तोष घिमिरे
प्रमुख प्रशासकिय अधिकृत
९८५२०८२१११
cao.laliguransmun@gmail.com

ई . संजय दाहाल
सूचना प्रविधि अधिकृत/ सूचना अधिकारी
९८५२०९९७९५
ito@laliguransmun.gov.np

सेवाहरू

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / इन्जिनियर / सब इन्जीनियर / लेखा अधिकृत
सेवा दिने कार्यालयः- लालीगुराँस नगरपालिकाको कार्यालय, बसन्तपुर तेह्रथुम
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

कार्य सम्पन्न प्रतिबेदन 

नापी किताब 

खर्चको बिल भरपाई 

उपभोक्ता समितिले आम भेलामा खर्च सार्बजानिक गरेको प्रमाण 

फर्छेट निर्णयको  प्रतिलिपी 

योजनाको कार्यालयको सिफारिस 

सार्बजानिक प्रसिक्षण प्रतिबेदन 

अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णय प्रतिलिपि 

सेवा प्रकारः-
सेवा समयः- योजनाको दुरी र प्रकृति अनुसार ३ दिन देखि १० दिन सम्म
जिम्मेवार अधिकारीः- इन्जीनियर / सब इन्जीनियर / लेखा अधिकृत
सेवा दिने कार्यालयः- लालीगुराँस नगरपालिकाको कार्यालय, बसन्तपुर तेह्रथुम
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

कार्य सम्पन्न प्रतिबेदन 

सार्बजानिक परिक्षण 

वडा कार्यालयलको सम्पन्नको सिफारिस 

उपभोक्ता समितिको भेलाको निर्णय 

अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि 

 

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रसाशकीय अधिकृत / योजना शाखा प्रमुख / आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- लालीगुराँस नगरपालिकाको कार्यालय, बसन्तपुर तेह्रथुम
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

उपभोक्ता समितिको अख्तियारी सहित को निर्णयको प्रतिलिपि 

सम्बन्धित पदाधिकारीको नागरिकता तथा फोटो सहित को नमुना दस्तखत कार्ड 

निबेदन 

योजना सम्झौता 

 

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन सर्जमिनको हक मा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रसाशकीय अधिकृत वा योजना प्रमुख
सेवा दिने कार्यालयः- लालीगुराँस नगरपालीकाकाे कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

नगर सभा बाट उक्त आयोजना बार्षिक योजनामा परेको प्रमाण 

उपभोक्ता भेला को निर्णय प्रतिलिपि 

नियमानुसार उपभोक्ता समिति गठन भएको विवरण तथा उपभोक्ता समितिको पदाधिकारीको नागरिकता सहितको वडा कार्यालयको सिफारिस 

स्वीकृत योजनाको लागत अनुमान 

सम्झौताको लागि निबेदन पत्र 

जानकारी